Letra Upahar de Deepak Limbu

Letra de Upahar

Deepak Limbu


Upahar
Deepak Limbu
(0 votos)
उपहार के दिऊँ, खै, मन परेको मान्छेलाई
हो, उपहार के दिऊँ, खै, मन परेको मान्छेलाई
मुटु चिरी रगतै दिऊँ कि धर्ती, सारा जगतै दिऊँ?दिलभित्रको आफ्नो मान्छेलाई
दिलभित्रको प्यारो मान्छेलाई
दिलभित्रको आफ्नो मान्छेलाई

हाँसो दिऊँ त साथमा छैन, आँसु रुनुपर्छ
हाँसो दिऊँ त साथमा छैन, आँसु रुनुपर्छ
काँडा दिँदा बिझिदेला, फूल भुईँमा झर्छ
फूल भुईँमा झर्छ

जे दिए नि थोरै हुन्छ मन परेको मान्छेलाई
पूर्णिमाको रात दिऊँ कि मीठो-मीठो बात दिऊँ?
दिलभित्रको आफ्नो मान्छेलाई
मनभित्रको प्यारो मान्छेलाई
दिलभित्रको आफ्नो मान्छेलाई

सिन्दूर, पोते, चुरा दिऊँ कि मुगियाको माला?
ओ, सिन्दूर, पोते, चुरा दिऊँ कि मुगियाको माला?
अरू चिनो केही छैन, रुमाल फाटिजाला
रुमाल फाटिजाला

सम्झनालाई के दिऊँ, खै, मन परेको मान्छेलाई
मुटु चिरी रगतै दिऊँ कि धर्ती, सारा जगतै दिऊँ?
दिलभित्रको आफ्नो मान्छेलाई
ओ, दिलभित्रको प्यारो मान्छेलाई


Comparte Upahar! con tus amigos.


Que tal te parece Upahar de Deepak Limbu?
Pesima
Mala
Regular
Buena
Excelente